सभामुख अर्यालको सपथ दिउँसो २:३० बजे शीतल निवासमा
काठमाडौं। प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित डोलप्रसाद (डीपी) अर्यालले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दिउँसो साढे २ बजे अर्याललाई शपथ गराउने कार्यक्रम तय गरिएको छ । शपथपछि उनी कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।
अर्याल शुक्रबार भएको मनोनयन प्रक्रियामा एक्ला उम्मेदवार रहेका थिए । आइतबार बसेको प्रतिनिधिसभा बैठकले उनलाई निर्विरोध सभामुख भएको औपचारिक घोषणा गरेको हो ।
शपथसँगै अब प्रतिनिधिसभाको बैठक सञ्चालनको जिम्मेवारी अर्यालले सम्हाल्नेछन् ।
२२ चैत २०८२, आइतवार १२:३१ बजे प्रकाशित













