आजको मौसमः पहाड–हिमालमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
धनगढी।नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली देखिएको छ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि सुदूरपश्चिमसहित पहाडी र हिमाली भूभागमा बदली कायम रहनेछ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मौसममा आएको यो परिवर्तनले यात्रु र कृषकलाई सतर्क रहन आग्रह गरिएको छ।
११ चैत २०८२, बुधवार ०८:२४ बजे प्रकाशित













