प्राइम कमर्सियल बैंकद्वारा धनगढीको एरिस्टोमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
धनगढी। प्राइम कमर्सियल बैंक धनगढी शाखाले धनगढीको एरिस्टो इङ्लिस हाईस्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। Global Money Week 2026 को अवसर पारेर “Smart Money Talks” थीममा बैंकले आज सो विद्यालयमा कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा विद्यालयका कक्षा ११ मा व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई बचत, लगानी तथा वित्तीय ठगी सम्बन्धी सचेतना प्रदान गरिएको थियो। विशेषगरी, बचत र लगानीका फाइदा तथा वित्तीय ठगीबाट जोगिने उपायबारे बैंककी कर्मचारी रीता भट्टले जानकारी दिएकी थिइन्।

विद्यालयका म्यानेजिङ डाइरेक्टर शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका शाखा प्रमुख भुवनेश्वर पनेरु सहित कर्मचारीहरू दीपकराज भट्ट, स्वस्तिक जैरू र रीता भट्टले सहजीकरण गरेका थिए।
कार्यक्रममा विद्यालयका +2 तहका शिक्षकहरू दीपक धानुक, राजु कार्की, सन्तोष पाण्डेय र तेजराज भट्टको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक धर्मेन्द्र के.सी.ले गरेका थिए।

४ चैत २०८२, बुधवार २०:५१ बजे प्रकाशित













