सुदूरपश्चिमको खेलकुद र युवा परिषद्मा ११ सदस्य नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्यहरू नियुक्त भएका छन् ।

सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खेलकुद परिषद्मा ८ जना तथा प्रदेश युवा परिषद्मा ३ जना सदस्य मनोनीत गरिएको हो ।

प्रदेश खेलकुद परिषद्मा  कुन जिल्लाबाट को-को परे ?

१) गौरी हमाल – डडेल्धुरा
२) चेतमान विक्रम शाह – अछाम
३) श्याम सिंह सिनाल – दार्चुला
४) प्रमोद मल्ल – कैलाली
५) रुपेन्द्र बहादुर धामी – डोटी
६) निता कुमारी खत्री – अछाम
७) नवीन बहादुर सिंह – बझाङ
८) दिपजंग शाही – कैलाली

प्रदेश युवा परिषद्का सदस्यहरू

१) नरेन्द्र प्रसाद जैसी – कैलाली
२) तुल बहादुर साउँद – अछाम
३) संगीता केसी कुँवर – अछाम

यसअघि प्रदेश सरकारले प्रदेश युवा परिषद्को उपाध्यक्षमा गजेन्द्र साउद तथा प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) लाई नियुक्त गरिसकेको छ ।


३ चैत २०८२, मंगलवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु