punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा प्रहरी जवानको मृत्यु , घटनाबारे छानबिन गर्न समिती गठन

Chaupati
safha napa

धनगढी । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको निर्माणाधीन भवनबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत सन्देश चदारा रहेका छन् ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजेतिर निर्माणाधीन भवनको छतबाट खसेका चदारालाई तत्काल टीकापुर प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना हुँदा उनी कार्यालयभित्र ड्युटीमै रहेको बताइएको छ।

मृतकका आफन्तले भने घटना शंकास्पद भएको दाबी गरेका छन्। उनीहरूले निष्पक्ष र वस्तुगत छानबिनको माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन्। साथै कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन्।

उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाको सत्यतथ्य पत्ता लगाउन समिति बनाइएको जानकारी दिएका छन्।

घटनापछि एसपी चन्द स्वयं टीकापुर पुगेर घटनास्थलको निरीक्षण गरेका छन्। उनले घटनाबारे थप जानकारी लिँदै आवश्यक अनुसन्धान अघि बढाइएको बताएका छन्।

 

 


२६ फागुन २०८२, मंगलवार २२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु