punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इरान–इजरायल युद्धको असर खाडीमा: दुबईमा उच्च सतर्कता,बुर्ज खलिफा खाली

Chaupati
safha napa

इरानमा इजरायल र संयुक्त राज्य अमेरिका ले संयुक्त सैन्य कारबाही सुरु गरेपछि यसको प्रभाव खाडी क्षेत्रमा समेत देखिएको छ। सुरक्षा सतर्कता बढाइएपछि दुबई स्थित विश्वकै अग्लो भवन बुर्ज खलिफा अस्थायी रूपमा खाली गराइएको छ। वरपर विस्फोट जस्तो आवाज सुनिएको सूचना पाएपछि भवन व्यवस्थापनले तत्काल आपतकालीन प्रोटोकल लागू गरेको जनाइएको छ।

युद्ध चर्किंदै गएपछि दुबईका विमानस्थलहरूमा उच्च सतर्कता अपनाइएको छ। सुरक्षा मूल्याङ्कन नसकिउञ्जेलका लागि आगमन–प्रस्थान उडानहरू स्थगित गरिएको स्रोतले बताएको छ। यात्रुहरूलाई एयरलाइन्ससँग सम्पर्कमा रहन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ।

यसअघि इरान को राजधानी तेहरान सहित विभिन्न सहरहरूमा इजरायली हवाई हमला भएको थियो। शनिबार दिनभरि तेहरानका विभिन्न भागमा विस्फोटको आवाज सुनिएको र हवाई हमलाका साइरन बजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

युद्धको जवाफमा इरानले पनि इजरायलतर्फ मिसाइल प्रहार सुरु गरेको दाबी गरिएको छ। मिडिया रिपोर्टअनुसार करिब ४०० मिसाइल प्रहार गरिएको बताइए पनि स्वतन्त्र पुष्टि हुन बाँकी छ। क्षेत्रीय सुरक्षा अवस्था तीव्र रूपमा बदलिँदै जाँदा खाडी राष्ट्रहरूमा सतर्कता उच्च पारिएको छ।

विश्लेषकहरूका अनुसार यदि द्वन्द्व थप फैलियो भने यसको प्रत्यक्ष असर उड्डयन, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामा पर्न सक्छ। दुबईजस्तो अन्तर्राष्ट्रिय व्यापार–पर्यटन केन्द्रमा देखिएको सावधानीले सम्भावित जोखिमलाई गम्भीर रूपमा लिइएको संकेत गर्छ।

यस घटनाक्रमबारे थप आधिकारिक विवरण आउन बाँकी छ।


१६ फागुन २०८२, शनिवार २३:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु