punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मध्यपूर्वमा रहेका नेपालीलाई सतर्क रहन शेरबहादुर देउवाको आग्रह

Chaupati
safha napa

काठमाडौं। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देउवाले मध्यपूर्वका विभिन्न देशहरूमा बसोबास गरिरहेका नेपालीहरूलाई स्थानीय प्रशासनले जारी गरेका सुरक्षाका नियम र प्रोटकलहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका हुन्।

परिस्थिति जटिल बन्दै गएको अवस्थामा आफ्ना नागरिकको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै देउवाले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई त्यहाँ रहेका नेपालीहरूको सुरक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्न तथा तत्काल क्रियाशील हुन आग्रह गरेका छन् ।

 देउवाले अप्ठ्यारो परिस्थितिमा नेपालीहरूको सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै सरकार र सम्बन्धित निकायहरूलाई नागरिकको सुरक्षाका निम्ति हरसम्भव प्रयास र प्रभावकारी भूमिका निर्वाह गर्न जोड दिएका छन्। मध्यपूर्वमा रहेका नेपालीहरूलाई विचलित नभई स्थानीय निर्देशन पालना गर्दै सुरक्षित रहन समेत उनले विशेष अपिल गरेका छन् ।


१६ फागुन २०८२, शनिवार २१:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु