punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूर पहाडमा हिमपात : किसान खुसी, यात्रु बाटोमै अलपत्र

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । बैतडी, दार्चुला, डडेल्धुुरा, बझाङ लगायतका जिल्ला उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको हो ।

हिमपात भएपछि किसानहरु बाली सप्रिने भन्दै खुसी भएका छन् भने चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ । विगत चार महिनादेखि वर्षा नभएका कारण पहाडी जिल्लामा गहुँबाली सुुक्न थालेपछि किसानहरु चिन्तित थिए तर हिमपात भएपछि भने उनीहरु खुसी भएका छन् ।

पहाडी जिल्लामा शुक्रबार साँझदेखि वर्षासँगै हिमपात भइरहेको छ । हिमपात भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बैतडीको अनारखोली र खोड्पे क्षेत्रमा रोकिएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बैतडी, बझाङ र दार्चुला जाने तथा आउने सवारीसाधन अनारखोली र खोड्पे क्षेत्रमा रोकिएको बताए ।

प्रहरीकाअनुसार बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भइरहेको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।


१० माघ २०८२, शनिवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु