punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अशक्त किशोरी माथि जबरजस्ती करणी, ५२ वर्षीय पुरुष पक्राउ

Chaupati
safha napa

धनगढी। कैलालीमा शारीरिक रूपमा अशक्त भएकी १८ वर्षीय किशोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका – १ का ५२ वर्षीय रन बहादुर सुनार पक्राउ परेका छन् ।

मंगलबार घरको आँगनमा एक्लै बसिरहेको अवस्थामा किशोरीलाई सुत्ने कोठामा लगी जबरजस्ती करणी गरेको आरोपमा सुनार पक्राउ परेका हुन ।

किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय टीकापुरमा दिएको उजुरीको आधारमा सुनारलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।


८ माघ २०८२, बिहीवार ०९:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु