आज बिहानैदेखि हुस्सु र कुहिरो पश्चिम तराईमा
धनगढी। २ दिन घाम लागेको पश्चिम तराइका जिल्लामा पुनः हुस्सु र कुहिरो लागेको छ । पुस यता कुहिरोले ढाकिएका तराइका जिल्लामा शनिबार र आइतबार बिहानै देखि घाम लागेको थियो । आज पुनः विहानै देखि कुहिरोले ढाकेको छ ।
मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो सम्म तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
२८ पुस २०८२, सोमवार १०:२१ बजे प्रकाशित













