आजको मौसम पूर्वानुमान : तराई र मधेसमा कुहिरो

काठमाडौँ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई र मधेसका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ । रासस


२७ पुस २०८२, आइतवार ०९:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु