सुदूरपश्चिम प्रदेश सभामा बैठक स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ।

आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो। सभामुखको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि चार महिनासम्म प्रदेश सभाको बैठक बस्न सकेको थिएन। सभा भवन मर्मतपछि केही दिन अगाडिबाट मात्रै प्रदेश सभाको बैठक पुनः सुरु भएको थियो।


२२ पुस २०८२, मंगलवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु