punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सीमित स्रोतको प्रभावकारी प्रयोग गर्दै परिणाममुखी विकास गर्नुपर्छ: मुख्यमन्त्री शाह

Chaupati
safha napa

धनगढी। आर्थिक वर्ष २०८३/०८४ देखि २०८७/८८ सम्मलाई लक्षित सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा अवधारणापत्रमाथि आइतबार धनगढीमा छलफल गरेको छ। दीर्घकालीन विकासका लागि आधार तयार गर्न र आगामी योजनाहरूलाई मार्गनिर्देशन गर्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा सार्वजनिक गर्नुभएको थियो।

योजना मस्यौदा निर्माण टोलीका टिम लिडर डा. हेमराज लामिछानेले प्रदेशको दीर्घकालीन समृद्धि, समावेशी विकास, सुशासन तथा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत र कार्यक्रमगत मार्गचित्रसहित अवधारणापत्र प्रस्तुत गर्नुभयो।

छलफलमा सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललगायत वक्ताहरूले लगानीमैत्री आर्थिक वृद्धि, कृषि तथा ग्रामीण अर्थतन्त्रको रूपान्तरण, रोजगारी सिर्जना, पर्यटन विकास, शिक्षा–स्वास्थ्य सुधार, समावेशी सामाजिक विकास, पूर्वाधार, वातावरण संरक्षण, विपद् जोखिम व्यवस्थापन र सुशासनका विषयमा धारणा राख्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले दीर्घकालीन लक्ष्य केन्द्रित, दिगो र परिणाममुखी योजना अपरिहार्य रहेको बताउनुभयो। सीमित स्रोत-साधनको प्रभावकारी प्रयोग गर्दै प्राथमिकताका आधारमा विकास अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, संघ-प्रदेश-स्थानीय तहको सहकार्य, निजी क्षेत्रको सहभागिता र नागरिकको सक्रिय योगदानबाट मात्र प्रदेशको दीर्घकालीन विकास सम्भव हुने उहाँको भनाइ थियो।


२० पुस २०८२, आइतवार १३:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु