punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बस्ने

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बुधबार बस्ने भएको छ। आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो।

यसअघि ११ गते बस्ने भनिएको बैठक संसद भवन पुर्ननिर्माण पूरा नहुँदा स्थगित गरिएको थियो।

गत भदौ २४ गतेको नवयुवाहरुको आन्दोलनका क्रममा प्रदेश सभामा आगजनी र तोडफोड भएको थियो।

अहिले पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवाराज जैसीले बताए। गत भदौ ५ चालु अधिवेशनको बैठक बसेको थियो। त्यसपछि पुस १६ मा बैठक बस्न लागेको हो।


१५ पुस २०८२, मंगलवार ०७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु