punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खान पुगोस्, दिन पुगोस् अभियान नेपालले डोटीमा १५० बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

Chaupati
safha napa

डोटी ।“खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले चिसो मौसमलाई लक्षित गर्दै डोटीको बडीकेदार गाउँपालिकास्थित ४ वटा विद्यालयमा अध्ययनरत १५० जना बालबालिकालाई न्यानो कपडा वितरण र शैक्षिक सामाग्री वितरण गरेको छ।

आइतबार बडीकेदार गाउँपालिका ५ स्थित बुढाकोट आधारभूत, बयालगाउँ आधारभुत, गौरीशंकर आधारभुत र केदारेश्वर माबि गरि १५० जना बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको अभियानका सदस्य तथा कार्यक्रमका सहजकर्ता हेमन्त मल्लले जानकारी दिए ।

सामाजिक सेवासँगै सामुदायिक विद्यालय अध्ययनरत गरिव विपन्न परिवारका बालबालिकालाई चिसो मौसमका कारण पढाईमा समस्या नहोस् भन्ने उद्देश्यका साथ “खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले साथीभाइको सहयोगमा संकलित रकमबाट बालबालिकालाई न्यानो लुगासहित शैक्षिक सामाग्री सहयोग गर्दै आएको अभियानका संयोजक घनश्याम भट्टले बताए ।

ग्रामीण क्षेत्रका विद्यालयमै पुगेर बालबालिकालाई न्यानो कपडा वितरण गरिएकोप्रति विद्यालय प्रशासनले अभियानप्रति धन्यवाद व्यक्त गरेका छन्। चिसो मौसममा न्यानो कपडा पाएपछि बालबालिका निकै खुसी देखिएका थिए।

उक्त सहयोग कार्यक्रममा बडीकेदार गाउँपालिका–५ का वडाध्यक्ष, शिक्षक, समाजसेवी, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो।


२९ मंसिर २०८२, सोमवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु