punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उप-महानगरद्धारा निःशुल्क अपाङ्गता सहायक सामग्री वितरणका लागि स्क्रिनिङ्ग शिविर सुरु

Chaupati
safha napa

धनगढी। धनगढी उप–महानगरपालिकाले खोजी–खोजी अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने अभियान अन्तर्गत क्लस्टर अनुसारको स्क्रिनिङ्ग शिविर सुरु गरेको छ। सो अभियान अनतर्गत शुक्रबार धनगढी–१९ फुलवारी स्वास्थ्य चौकीमा स्क्रिनिङ्ग शिविर सम्पन्न गरेको छ। आज सम्पन्न शिविरमा ३७ जना महिला र २५ पुरुष तथा ५ जना बालबालिकासहित ६७ जनाले सेवा लिएका थिए।

यो अभियान आर्थिक वर्ष २०७९/८० देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको मेयर गोपाल हमालले जानकारी दिएका छन्। उनका अनुसार धनगढी उप–महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी निःशुल्क सहायक सामग्री वितरण गर्ने उद्देश्यले प्रत्येक वर्ष वडा स्तरमा स्क्रिनिङ्ग शिविर सञ्चालन हुँदै आएको छ। उप–महानगरपालिकाले ह्विलचेयर, वाकर, ट्राइसाइकल, हियरिङ्ग एडलगायत सामग्री आवश्यकताअनुसार उपलब्ध गराउँदै आएको मेयर हमालले जानकारी दिएका छन्।

उप–महानगरपालिकाले यस वर्ष पनि नियमित स्क्रिनिङ्ग शिविर सञ्चालन गर्न मंसिर २५ गतेदेखि विभिन्न स्थानमा सेवा शुरू गरेको छ। मंसिर २५ गते फुलवारी स्वास्थ्य चौकी–१९ मा शिविर सम्पन्न भइसकेको छ। मंसिर २६ गते धनगढी–१६ उर्मा स्वास्थ्य चौकी, २८ गते वडा नं। १२ जुगेडा, २९ गते वडा नम्बर १३ कैलालीगाउँ शहरी स्वास्थ्य केन्द्रमा तथा पुस १ गते धनगढी उप–महानगरपालिका प्राङ्गणमा शिविर सञ्चालन हुने उनले जानकारी दिएका छन्। उप–महानगरपालिकाका अनुसार सबै शिविर बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाईएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री प्राप्त गर्न सहज बनाउने उद्देश्यले यस्ता शिविरलाई निरन्तरता दिँदै जाने नगरप्रमुख हमालले जानकारी दिएका छन्।


२७ मंसिर २०८२, शनिवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु