punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मधेस प्रदेश: मुख्यमन्त्रीमा दाबी गर्न ७ दललाई सकस, लोसपा र कांग्रेस दुवैको दाबी

Chaupati
safha napa

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई सकस भएको छ । एमालेबाट मुख्यमन्त्री बनेका सरोज कुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकैतिर भए पनि मुख्यमन्त्रीका लागि दुवै दलले दाबी गरेपछि सकस पैदा भएको हो ।

लोसपाबाट प्रदेशसभा सदस्य रहेका जयनुल राइनले बाह्रखरीसित भने, “३ बजेसम्म केही सहमति बन्ला हामी अझै छलफलमै छौँ ।”

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मंसिर १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

सात दलभित्र मुख्यमन्त्रीको विषयमा सहमति जुट्न सकेन र दाबी पेस गर्न ढिलाइ भए प्रदेशसभाको ठूलो दलको हैसियतमा फेरि पनि एमालेलाई नै बाटो खुल्न सक्छ ।

 


१९ मंसिर २०८२, शुक्रवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु