डोटीको सेती नदीमा एक वृद्धाको शव फेला

डोटी। डोटीको सेती नदीमा एक वृद्धाको शव फेला परेको छ।

बैतडीको सिगास गाउँपालिका– ५ खैरकोट घर भई हाल कैलालीको गौरीगंगा नगरपालिका– १० उदासीपुर बस्दै आएकी ६४ वर्षीया धनमती धामी सेती नदीमा मृत फेला परेकी हुन्। डोटीको आदर्श गाउँपालिका बबिनास्थित सेती नदी किनारमा धामीको शव बग्दै गरेको अवस्थामा मंगलवार दिउँसो फेला परेको प्रहरीले जनाएको छ। सिगासको भूमिराज मन्दिरमा लागेको जात्राबाट फर्कदै गर्दा उनी लडेको अनुमान गरिएको छ। घटनाका बिषयमा डोटी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 


२६ कात्तिक २०८२, बुधवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु