सुनको बढ्दा चाँदीको मूल्य घट्यो
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२३ कात्तिक २०८२, आइतवार ११:३३ बजे प्रकाशित













