बाजुरामा एकै दिनदुई दुर्घटना : ३६ जना घाइते
बाजुरा। बाजुरामा सनिबार एकै दिन भएका दुई फरक सवारी दुर्घटनामा परी कूल ३६ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका(७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारका लागि धनगढी रिफरु गरिएको निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन्।
बस सेरकाटियाको उकालोमा सामान राख्ने क्रममा दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि बसका चालक भने फरार रहेका छन् र प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सोही दिन बूढीनन्दा नगरपालिकामा जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन्। मार्तडी(कोल्टी सडकमा पर्ने बूढीनन्दा नगरपालिका-१० पाण्डुसैनमा मार्तडीबाट कोल्टी जाँदै गरेको भे१च ७८७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
जिपमा सवार आठमध्ये चालकसहित छ जना घाइते भएका र उनीहरूको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक भाटले बताएका छन्। घाइते हुनेमा चालक तुलाराम चदारा, शङ्करराज जैसी, सेते लुहार, जङ्गवीर सार्की, जयलाल विक र जयराज जैसी रहेका छन्।
१६ कात्तिक २०८२, आइतवार १०:५३ बजे प्रकाशित
















