अछामको साँफेबगरमा आगलागी हुँदा ७ टहरा जलेर नष्ट

धनगढी । अछामको साँफेबगरमा आगलागी हुँदा ७ टहरा जलेर नष्ट भएका छन । शनिबार राती भएको आगलागीबाट साँफे हाटबजार रहेका ७ टहरा जलेर नष्ट भएका हुन ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो डेढ घण्टामा नियन्त्रणमा आएको बताए ।
उनले नजिकै रहेको खोलाबाट कुलो बनाएर पानी ल्याइएको र स्थानीयसमेतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको बताए ।

साँफे हाटबजारमा यसअघि पनि भीषण आगलागी भएर १० वटा पसल जलेका थिए ।

 


१६ कात्तिक २०८२, आइतवार १०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु