गड्डाचौकी भएर महेन्द्रनगर आउने भारतीय सवारी साधनमा ‘टाइम कार्ड’ प्रणाली

कञ्चनपुर।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकाबाट नेपाली यात्रु बोकेर आउने भारतीय नम्बर प्लेटका सवारी साधनमा ‘टाइम कार्ड’ प्रणाली लागू गरेको छ । अब ती सवारी साधनले महेन्द्रनगर, सुडा वा दैजीसम्म मात्र यात्रु छोड्न पाउने छन् । नेपालतर्फ यात्रु ल्याउन पाउने भए पनि फर्कँदा भारततर्फ यात्रु लैजान भने नपाउने व्यवस्था गरिएको छ ।
यसअघि सुरक्षा कारण देखाउँदै भारतीय सवारी साधन प्रवेशमा रोक लगाइएको थियो, जसले गर्दा भारतबाट फर्कने नेपालीहरूलाई सामान बोकेर करिब २ किलोमिटर पैदल आउनुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले उनीहरूलाई सहज भएको जनाइएको छ ।

 


८ असोज २०८२, बुधवार ०८:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु