नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो ।

अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ । बाँकेका एसपी रामप्रसाद घर्तीमगरको भने कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा भएको छ ।

अपराध अनुसन्धान शाखा बनेपाका एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण धनुषा सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी अपिल राज बोहराको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १ नक्शालमा सरुवा भएको छ ।

हेर्नुस् सरुवा हुनेको सूची


२ असोज २०८२, बिहीवार ०८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु