लागूऔषध मुद्दामा फरार गोदावरीका एक जना पक्राउ
धनगढी। लागूऔषध मुद्दामा फरार कैलालीको गोदावरीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ वर्ष १० महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका-५ बस्ने ४५ वर्षीय चन्द्रदेब थारु डगौरा पक्राउ परेका हुन्। डगौरालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
१६ भदौ २०८२, सोमवार ११:४१ बजे प्रकाशित













