सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको सेयर कारोबार हुने पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले महंगो भएको छ । आज चाँदी तोलामा २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।


१२ भदौ २०८२, बिहीवार ११:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु