मुख्यमन्त्री शाहको भाषणमा सुदूरपश्चिममा रामराज्य रहेको आभास हुन्छ : प्रदेश सभा सदस्य भाट
धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट सरलले मुख्यमन्त्रीको भाषण सुदूरपश्चिममा रामराज्य छ, अब केही चाहिदैन भन्ने खालको रहेको टिप्पणी गरेका छन् ।आज बिहीबार
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने क्रममा आफ्ना भनाइ राख्दै प्रदेश सभा सदस्य भाटले सो कुरा बताएका हुन् ।
भाटले भने ‘एक वर्ष नपुग्दै विश्वासको मत लिने कुरा ठिक होइन।’ दुई मन्त्री वर्खास्त किन भए किन उनीहरुमाथि छानविन भएन ? ‘ सदस्य भाटले फेरि त्यही पार्टीलाई मन्त्री दिएर सरकारमा ल्याउन खोज्नु सुशासन नभएको बताएका छन् ।
उनले राजधानी सार्ने कुरा गलत हो भन्दै राजनीति फाइदाका लागि राजधानी सार्नु ठिक होइन भने । उनले राजधानी किन सार्न जरुरी छ भनेर प्रश्न समेत गरे ।
सरकारले छाउपडी लगायतका कुसंस्कार अन्त्य गर्न, ससीसीटिभी राखेर दुर्घट्ना कम गर्न काम नगरेको पनि बताए ।
माओबादी नेता भाटले भने यो सरकारले कतिलाई रोजगारी सृजना गर्ने गरेर काम गर्यो । भारत लगायतका विदेश जान कति रोकिए भन्ने प्रश्न समेत गरे ।
स्थीर सरकार भन्नेले बागमतीमा के गरेको हो उनले भने संघीय सरकारका मन्त्रीका कस्ता गतिविधि छन सयो कसले सोच्ने । दुईतिहाइका बलमा गलत गतिविधि गर्न नहुने र जनताप्रति उत्तरदायी हुनुपर्नेमा समेत उनले जोड दिए ।
उनले वर्तमान सरकारले सुदूरपश्चिमको हीतमा काम नगर्ने भन्दै आफ्नो दल माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत नलिने बताए ।
१५ साउन २०८२, बिहीवार १८:२३ बजे प्रकाशित






























