रेशम चौधरीले श्रीमतीलाई हटाएर बुबालाई बनाए अध्यक्ष

धनगढी। नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाए।

पार्टीभित्रको विवाद समाधान गर्न लालवीर चौधरीले विधि र पद्धति अनुसार काम गर्ने बताए।

लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट नहटाएको तर पार्टीलाई निकास दिन यो कदम चालिएको बताए।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन् । पार्टीभित्र विवाद बढिरहेको बेला नाउपाले संरक्षक रेशम चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो।
नयाँ अध्यक्ष चयन गरिएको घोषणा बिहीबार गरियो ।   अध्यक्षको जिम्मेवारी सम्हालेसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लालवीर चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताए । ‘हामी लगातार आठ दिनदेखि मन्थनमा थियौँ र आज अन्ततः सकारात्मक निकास निकाल्न सफल भएका छौँ’, उनले भने ।

यो सफलताका लागि उनले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित सबैलाई धन्यवाद दिए ।

उनले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको बताए । ‘उहाँलाई हटाइएको होइन—उहाँलाई दण्डित गरिएको पनि होइन। केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको हो’, उनले भने, ‘हामी अझै पनि उहाँप्रति सम्मानजनक व्यवहार गर्न तयार छौँ र उहाँलाई पार्टीमा सहभागी हुन पनि आग्रह गरेका छौँ। तर, उहाँ आफैँ आउन चाहनु भएन।’


१५ साउन २०८२, बिहीवार १८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु