सुदूरपश्चिम सरकारद्वारा कोशी प्रदेशसँग अन्तर्क्रिया, लगानी सम्मेलनको तयारीमा अनुभव आदानप्रदान

धनगढी । आगामी असोज १ र २ गते हुने सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन २०८१ को तयारी तीव्र पार्दै सुदूरपश्चिम प्रदेश सरकारले कोशी प्रदेशसँग अनुभव आदानप्रदान तथा नीति–कानुन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बुधवार भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा कोशी प्रदेशले हालै सम्पन्न गरेको ‘कोशी लगानी सम्मेलन २०८२’ का अनुभवहरू साझा गरिएको थियो। कोशी प्रदेशले बैशाख १८ र १९ गते आयोजना गरेको उक्त सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका २७ परियोजनामा एक खर्ब ३५ अर्ब २० करोड रुपैयाँ र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानीका लागि समझदारीपत्र (एमओयू) हस्ताक्षर गरिएको थियो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, विषयगत मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिव, साथै सम्मेलन तयारीका लागि गठित समिति तथा उप–समितिका संयोजक तथा सदस्यहरू सहभागी थिए। कोशी प्रदेशबाट मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. मोहन सुवेदी, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाईं, र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोईराले अनुभव प्रस्तुत गर्नुभयो।

कार्यक्रममा नीति निर्माण, कानुनी संरचना, लगानीकर्तासँगको समन्वय र परियोजना पहिचान लगायतका विषयमा अनुभव र सुझाव आदानप्रदान गरियो।


३२ असार २०८२, बुधवार १५:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु