कैलाली घोडाघोडीका एक जनाको करेन्ट लागेर मृत्यु

धनगढी। कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–९ शिखरझालाका दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यन चौधरीलाई करेन्ट लागेको थियो ।

घोडाघोडी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । करेन्ट लाग्नुको कारण खुलेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।


३० असार २०८२, सोमवार १०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु