होटल पौवा ‘क’ वर्गमा, एक वर्षका लागि थ्री स्टार लोगो प्रदान
धनगढी। होटल पौवा धनगढी ‘क’ वर्गमा परेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छताका आधारमा गरेको मूल्यांकनमा होटल पौवा धनगढी ‘क’ वर्गमा परेको हो।
होटल, रेष्टुरेन्ट तथा मिठाई पसलहरूको स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम होटल पौवा लाई ‘क’ अर्थात् अति उत्तम (थ्री स्टार) मापन गरिएको हो।
कार्यालयले निर्देशिका बमोजिम होटल तथा रेष्टुरेन्ट र मिठाइ पसलहरूको भान्साको अवस्था, स्वच्छता, सरसफाई लगायतलाई आधार मानेर चार वर्गमा वर्गीकरण गर्दै आएको छ। जसमा होटल पौवा धनगढी ‘क’ वर्गमा परेको हो।
‘क’ वर्गमा परेको होटल पौवा धनगढीलाई ‘थ्री स्टार’ स्तरीकरण चिन्ह प्रदान गरिएको छ। वर्गीकरणमा परेका होटललाई एक वर्षका लागि लोगो प्रदान गरिएको छ।
एक वर्षपछि पुनः अनुगमन गर्दा स्वच्छता मापदण्डअनुसार नभए स्तरीकरण लोगो जफत हुनेछ। कार्यालयले होटल व्यवसायीलाई स्तरीकरणसम्बन्धी निर्देशिकाबारे जानकारी गराएपछि स्थलगत अनुगमन तथा स्तरीकरण गरेको हो।
२६ असार २०८२, बिहीवार १७:१३ बजे प्रकाशित













