punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उनी नागरिक हुन पर्खिरहेकी छन्

Chaupati
safha napa

कंचनपुर। उनी मिनीहाट बजारको सानो ठाउँमा एउटा खोका राखेर उखुको जुस बेच्छिन्।

उनले त्यहाँ पसल संचालन गर्न थालेको सात बर्ष भयो । यी सात बर्षमा उनलाई कयौ पटक नगरपालिकाबाट पसल हटाउने धम्की पनि आए।
उनका अनुसार त्यो क्रम अहिले पनि रोकिएको छैन  तर, पनि उनी हाटबजार मै  छिन्।

उनी दिनको ५५ रुपैयाँ भाडा  नगरपालिकालाई बुझाउछिन् । उनी हुन् भीमदत्त नगरपालिका वार्ड न. ४ मा बसोबास गर्ने राजु शर्माले यसरी उक्त मिनी हाट बजारमा उखुको जुस बेचेर गुजारा चलाइरहेकी छन्। उनी मेहनती महिला हुन्। स्वरोजगारमार्फत जीवन यापन गरिरहेकी  छन्। शर्माका  दुई सन्तान छन्। एउटा छोरा र एउटा छोरी। उनका श्रीमान भारतीय नागरिक हुन्। उनी भीमदत्त मै काठ मिस्त्रीको काम गर्छन्।
कञ्चनपुरको उल्टाखाम माइती घर भएकी शर्माले भारतीय नागरिकसँग विवाह गरेका कारण नेपाली नागरिकता प्राप्त गर्न सकेकी छैन्न ।

उनका श्रीमान ४० वर्षदेखि महेन्द्रनगरमा छन्।
उनी जन्मले मात्र भारतीय हुन् । उनको श्रम पसिना र जवानी सबै नेपालमै पोखिएको छ ।

उनीहरुका छोरा अहिले कक्षा ११ मा पढ्छन्। छोरीलाई १२ सम्म पढाएर विवाह गरिदिए ‘छोरीको विवाह पनि नागरिकताकै लागि गर्नुपर्यो,’ शर्माले भनिन्।
मिनी हाट बजारमा उनी सिजन अनुसारले व्यापार गर्छिन्। जाडोको महिना मम्फली बेच्छिन् तर, गर्मीको महिना उखुको जुस बेचेर आफ्नो जीवन यापन गरिरहेकी छिन्। उनी बाच्न बाँचीरहेकी छन्  तर अनागरिक भएर ।

उनले नागरिकता नभएकै कारण दैनिक जीवनमा धेरै कठिनाइहरूको सामना गर्नु परेको छ। सरकारी सेवा–सुविधाबाट वञ्चित हुनुका साथै सामाजिक र आर्थिक अवसरमा समेत बाधा पुगेको बताउछिन्।

उनी भन्छिन्, ‘वैशाख जेठमा मेरो ६/७ हजार आम्दानी हुन्छ। त्यसपछि ३/४ हजार आम्दानी हुने गर्छ। गाँस बासकैलागि त जसोतसो धानेकै छ उनको कामले तर उनलाई आफ्नै जन्मभूमिमा नागरिक हुन नपाएको पिडाले पोलिरहन्छ ।

हाल उनी नागरिकता प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया र पहलमा लागिरहेकी छन्। स्थानीय तह, नागरिक समाज तथा सम्बन्धित निकायबाट सहयोगको अपेक्षा राखेकी छन्।


१५ असार २०८२, आइतवार १०:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु