मनसुनी वायुको प्रभाव: देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव छ।
यसका साथै, देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना छ। बाँकी सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च-पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।
मौसममा देखिएको यो परिवर्तनले गर्दा यात्रा गर्दा वा बाहिर निस्कँदा सावधानी अपनाउनु उपयुक्त हुनेछ।
३ असार २०८२, मंगलवार ०७:०५ बजे प्रकाशित













