punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामको जयगढका आगलागी पीडितलाइ २५ हजारदेखि पाँच लाखसम्म राहत

Chaupati
safha napa

धनगढी। अछामको जयगढ बजारका आगलागी पीडितहरूले २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म राहत पाउने भएका छन्।

जिल्लाको बान्नीगढी–जगगढ गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरणका लागि कार्यविधि तयार पारेको हो।

गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि, २०८१’ पारित गरेसँगै गत चैत २६ गतेको भीषण आगलागीका पीडितहरूले राहत पाउने भएका हुन्। कार्यविधिमा २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म राहत वितरण गर्ने मापदण्ड बनाइएको छ। आगलागीबाट घर, पसल, गोठ, टहरा, कार्यालय तथा अन्य संरचनामा पूर्ण तथा आंशिक क्षति बेहोरेका व्यक्तिहरूलाई मापदण्ड अनुसार नगद राहत प्रदान गरिने भएको हो। कार्यविधि पारित भएसँगै गाउँपालिकाले उक्त निर्णयलाई स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको छ।

पीडित परिवारका घाउमा मलम लगाउन प्रतिबद्ध रहेको बताउदै गाउँपालिकाले कुनै पनि वास्तविक पीडित राहतबाट वञ्चित नहोस् भन्नेमा सचेत रहेको बताएको छ। कार्यविधिको आधारमा निष्पक्ष रूपमा राहत वितरण गरिने गाउँपालिकाले बताएको छ। गत चैत २६ गते भएको आगलागीबाट जयगढ बजारका घर तथा पसलहरूमा आठ करोड बढीको क्षति भएको थियो। उनीहरूले राहत स्वरूप गाउँपालिकामार्फत नगद रकम पाउने भएका हुन्।

जयगढ बजारका आगलागी पीडितहरूका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ गाउँपालिकाको खातामा पठाएको छ। बान्नीगढी–जयगढ गाउँपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ। हाल गाउँपालिकाको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ। तर, राहतका लागि घोषणा गरेका सबैले गाउँपालिकाको खातामा रकम जम्मा नगरेका सूचना अधिकारी अर्जुन प्रसाद जोशीले बताएका छन्। आगलागीबाट क्षति धेरै भएपनि राहत स्वरूप आर्थिक सहयोग गर्न कार्यविधि तयार पारेको जोशीले बताएका छन्।


२७ जेठ २०८२, मंगलवार १८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु