घरेलु मदिरालाई ब्राण्डिङ गरौँ: प्रदेशसभा सदस्य धामी

धनगढी। सुदुरपश्चिम प्रदेशसभा सदस्य रमेश सिहं धामीले सुदुरपश्चिममै उत्पादन हुने घरेलु मदिरालाई ब्राण्डिङ गर्न सुझाव दिएका छन् । सोमबार प्रदेशसभाको नवौँ बैठकमा बोल्दै पुर्व मन्त्री समेत रहेका धामीले यहाँ धेरै घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुँदै आएकोले त्यसलाई अबैध भन्दै नष्ट गर्नुभन्दा प्रशोधन गरी ब्राण्डिङ गरेर बजारमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम माथीको छलफलमा धामीले यहाँको घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा ल्याउन सके अर्थतन्त्रमा ठुलो योगदान मिल्ने बताए ।

गण्डकी प्रदेशमा कोदो र कर्णालीमा स्याउको मदिरालाई ब्राण्डिङ गरेर बजारमा बिक्री वितरण गरिदै आएको छ उनले भने “हामी सुदुरपश्चिम मै जौँ, कोदो तथा चामलबाट बनेको मदिरालाई किन ब्राण्डिङ गर्न सकिरहेका छैनौँ, जसले हामीलाई आर्थिक रुपमा बलियो बनाउँछ ती कार्यक्रम त ल्याउनुपर्छ नी ।” सुदुरपश्चिमको अर्थतन्त्रलाई दीर्घकालिन रुपमा माथी उकास्ने खालका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश हुनुपर्थ्यो त्यसो पाइएन उनले भने “कैलालीलाई दुना टपरीको हवका रुपमा बिकास गर्ने म आफै मन्त्री भएको बेला निर्णय गरेका थियौँ, अहिले यहाँको दुना टपरी काठमाण्डौँ निर्यात भइरहेको छ, यस्ता दीर्घकालिन योजना ल्याए मात्रै प्रदेश उभो लाग्ने हो होइन भने स्वार्थ केन्द्रित कार्यक्रमले सिमित व्यक्ति उभो लाग्छन् प्रदेशको गति उधोनै हुन्छ ।”

अब समाजवाद उन्मु नीति, कार्यक्रम तथा बजेट आउनुपर्नेमा व्यक्ति केन्द्रित बजेट आउन थालेको दावी गरे । हामीले खोजेको समाजवाद ल्याउन व्यक्तीको व्यवहारमा सुधार आउनुपर्ने उनको भनाई छ ।

 


२७ जेठ २०८२, मंगलवार १८:३४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु