धनगढी-अत्तरिया सडकमा स्कुटर दुर्घटना: चालकको मृत्यु, सवार घाईते

धनगढी । धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर दुर्घटना भएको थियाे ।

दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलाली जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले पुष्टि गरे ।

उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। टाउकोमा गम्भीर चोट लागेकाले उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेको सिंहले बताए ।

उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी-१२ बस्ने ३२ वर्षीया सीता कुस्मी घाइते भएकी छन् । उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।


२५ जेठ २०८२, आइतवार ११:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु