बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ

धनगढी । बैतडीमा भरुववा बन्दुक र जंगली जनावरको छालासहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउँ बस्ने ५१ वर्षीय पाल बिष्ट रहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीको टोलीले मंगलबार विष्टको घर खानतलासी गरेको थियो । सो क्रममा एक थान भरुवा बन्दुक, ७ राउण्ड गोली, २ वटा घोरलको छाला र एउटा रतुवाको छाला बरामद गरिएको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


२१ फागुन २०८१, बुधवार १२:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु