डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला

अमरगढी । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका–२ कुस्मालीमा आज अपराह्न उनको शब फेला परेको  प्रहरीले जनाएको छ ।

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीन भएको तीन दिनपछि जोशी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


३ फागुन २०८१, शनिवार १८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु