कैलालीबाट ६ लाख भन्दा बढीको अवैध समान बरामद

धनगढी। कैलाली जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ६ लाख भन्दा बढी मूल्य बराबरको अवैध मालसमान बरामद गरिएको छ। कैलालीका विभिन्न स्थानका भारतीय नाकाहरूबाट वेवारिसे अवस्थामा समान फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्दाजी ६ लाख १९ हजार ३०० मूल्य बराबरको सामान धनगढी उपमहानगरपालिका वाड नं २ चौराहाबाट ५ लाख ७० हजार बराबरको ११ थान आइ फोन मोबाइल बरामद गरिएको छ भने यस्तै ८ हजार बराबरको साडीमा लगाउने मालाहरू बरामद गरेको जानकारी दिएको छ।

यस्तै कैलारी गाउँपालिका वाड नं ४ हनुमान मन्दिरबाट अन्दाजी ४१ हजार ३ सय बराबरको सुर्ती र चकलेट समेत बरामद गरिएको छ। बरामद गरिएको उक्त समान आवश्यक कारबाहीकोलागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको समेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता कविन्द्र सिंह बोहोराले जानकारी दिए


२७ मंसिर २०८१, बिहीवार ११:३८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु