सुदूरपश्चिमलाई दोस्रो सफलता, विपीन रावल आउट

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजलाई दोस्रो झड्का लागेको छ।

चितवनले विपीन रावललाई गुमाएको छ। १९ बलमा १७ रन बनाएर खेलिरहेका रावलको विकेट सेफ जैबले दिएका हुन्। ११ औं ओभरको तेस्रो बलमा रावल स्कट कुग्लिजिनबाट क्याचआउट भए।

यसअघि ओपनर सन्तोष कार्की क्याचआउट भएका थिए। सुदूरपश्चिमलाई बलर ब्रान्डन म्याकमुलेनले पहिलो सफलता दिलाएका हुन्।

६ बलमा एक चौकासहित ९ रन बनाएका कार्कीलाई म्याकमुलेनले नरेश बुढाएरबाट क्याचआउट गराए। चितवनले ११ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ७० रन बनाएर खेलिरहेको छ।

 


२३ मंसिर २०८१, आइतवार १४:०५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु