तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ८० रुपैँयामा कारोबार भएको थियो ।


२१ मंसिर २०८१, शुक्रवार १२:२४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु