विपिन जोशी जीवित रहेको खबरले ल्याएको खुशी

काठमाडौं। कृषि विज्ञान संकाय अन्तर्गत स्नातक तह आठौं सेमेष्टमा अध्ययनरत विपिन जोशी सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
२०८० असोज २० गते हमासले गरेको आक्रमणमा इजरायलको अलमिम किवुजबाट उनी बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात थियो ।
यसैबीच, अहिले आएर विपिन जिवित भएको खबर प्राप्त भएको छ । यद्यपि, अहिले पनि विपिनलाई गाजाको कुन ठाउँमा राखिएको छ भन्ने कुराको भने अझै जानकारी आइसकेको छैन ।
यद्यपि, उनी अहिले पनि जिवित नै छन् भन्ने कुराले विपिनको परिवारसहित सम्पूर्ण नेपालीमा खुशी छाएको छ ।
विपिनसहित १६ जना अहिले पनि हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ । १४ महिनादेखि हमासमा बन्धक भएका जोशी जिवित रहेको कुरा नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जानकारी गराएका हुन् । राजदुत वासले विपिन जोशी गाजा क्षेत्रमा जिवित रहेको र उनी छिट्टै नेपाल फर्कने बताएका छन् ।
सन् २०२३ को अक्टूबर ७ मा हमासले २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको र दुई पटक भएको युद्ध विराममा १ सय ५ जना रिहा गरिएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका १० जना नेपाली विद्यार्थीको उक्त आक्रमण परी मृत्यु भएको थियो ।
त्यसबेला केही वन्धकलाई रिहा गरिएको थियो, तर दुःखको कुरा रिहा हुनेमा विपिन पर्न सकेका थिएनन् । विपिनको रिहाइका लागि परिवारले पटक पटक नेपाल सरकारलाई अनुरोध गर्दै आइरहेको छ ।
२१ मंसिर २०८१, शुक्रवार १२:३७ बजे प्रकाशित