बझाङका तीन ठाउँमा जिप दुर्घटना

बझाङ। बझाङका तीन ठाउँमा जिप दुर्घटना भएको छ । जिल्लाका फरक(फरक स्थानमा तीन ओटा जिप दुर्घटना भएका हुन्।

दुर्गाथली गाउँपालिका(१ बुङ्गामा बिहीबार बिहान धनगढीबाट भलानेतर्फ गइरहेको से१ज ७९७ नम्बरको जिप दुर्घटना भएको हो । स्टेरिङको रड भाँचिएपछि जिप सडकबाट करिब पाँच मिटर तल खसेको थियो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।जिपसाहु ४० वर्षका धनबहादुर माड र २० वर्षीया शिल्पा जप्रेल घाइते भएका हुन् । दुबै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको र अन्य चार जना यात्रुलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ । जिप चालक २७ वर्षका राजेन्द्र भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्लाको तलकोट गाउँपालिका(५ खौला बजारमा तल्कोटको भक्तपुरतर्फ जाँदै गरेको सुपप्र ०१००च ४३२४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । बिहीबार बेलुकी ५ः३० बजे ब्रेक फेल भई जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घनामा चालकसहित ३ जना सामान्य घाइते भएका र उनीहरू घर फर्किसकेका प्रहरीले बताएको छ । बोलेरो जिप धनगढी उपमहानगरपालिका(८ का ३० वर्षीय दिपेन कठरियाले चलाएका थिए ।यस्तै, बुंगल नगरपालिका(४ पल्लो पिपल बजारमा बिहीबार बेलुकी नै कुखुरा बोकेको जिप दुर्घटना भएको छ ।

महेन्द्रनगरबाट बिजगडातर्फ गइरहेको से१च १५०३ नम्बरको बोलेरो जिप उकालो चढ्न नसकी एक्कासी ब्याक भई सडकबाट करिब ६ मिटर तल खसेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका(११ डोकेबजारका ३० वर्षीय शंकर तामाङले चलाएको उक्त जिपमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएकोछ । जिपमा ४७० कुखुरा रहेकामा २३० कुखुरा मरेका छन् ।

दुर्घटनापछि इलाका प्रहरी पोष्ट बिजगडाको टोली घटनास्थलमा पुगेको थियो । तीनओटै घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


७ मंसिर २०८१, शुक्रवार ११:५० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु