फेरि ह्वात्तै बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।
बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ५७ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
४ असोज २०८१, शुक्रवार १२:०३ बजे प्रकाशित












