तोलामा तीन सय रुपैयाँ घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ ।


२ असोज २०८१, बुधवार १२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु