punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा पाँच सय घर डुबानमा, एक हजार बढी घर प्रभावित

Chaupati
safha napa

धनगढी : कैलालीका पाँच सय घर डुबानमा परेका छन। जिल्लामा दुई दिनसम्म परेको अविरल वर्षाका कारण पाँच सय घर डुबानमा परेका हुन। कैलारी गाउँपालिका र भजनी नगरपालिकाका घरहरूमा बाढीले बढी क्षति गरेको हो।

जिल्लामा वर्षाको पानीका कारण एक हजार सात सय जना प्रभावित भएका छन्। उनीहरू घरको माथिल्लो तला, विद्यालय र वडा कार्यालयहरूमा बसेका जिल्ला प्रशासन कार्यालय, कैलालीले बताएको छ।

बुधवारदेखि अविरल परिरहेको वर्षाले कैललाीका सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म घटेको छैन। बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ। गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ। डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएको बताइएको छ।

भजनी नगरपालिकामा सबैभन्दा बढी ४ सय बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। कैलारी गाउँपालिकाको केही घर डुबान परेका छन्। कैलारी– ५ का डुबान प्रभावित केही परिवारलाई वडा कार्यालयमा सारिएको जनाइएको छ।

यसैबिच बुधवार कैलारी गाउँपालिका ५ बैजपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई बाढी बगाएको थियो। उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा सर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ। अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ।


६ भदौ २०८१, बिहीवार १४:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु