punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

Chaupati
safha napa

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यस दिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।

बिहीबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

 


३२ साउन २०८१, शुक्रवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु