पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, कुन वर्गमा कति ?

काठमाडौँ, साउन ३२ । आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रूपैयाँका दरले घटाएको जनाएको छ ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रूपैयाँ रहेकामा १६२ रूपैयाँ कायम भएको छ ।

दोस्रो वर्गका लागि प्रतिलिटर १६९ रूपैयाँ रहेकामा १६४ रूपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १७० रूपैयाँ रहेकामा १६५ रूपैयाँ कायम गरिएको छ ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५५ रूपैयाँ रहेकामा १५२ रूपैयाँ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि १५७ रूपैयाँ रहेकामा १५४ रूपैयाँ र तेस्रो वर्गका लागि १५८ रूपैयाँ रहेकामा १५५ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् ।

साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।


३२ साउन २०८१, शुक्रवार ०७:११ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु