#belauri nagarpalika
#belauri

एमालेले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ?

#belauri
#bhimdat

काठमाडौं, साउन १७ । नेकपा (एमाले)ले सातैवटा प्रदेशमा इन्चार्ज तोकेको छ ।

बिहीवार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ र बागमतीमा डा राजन भट्टराई इन्चार्ज तोकिएका छन्।

यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको पोखरेलले बताए ।

एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई नियुक्त गरेको छ भने मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनयन गरेको छ ।

बैठकले जीतेन्द्र देव, सुवास कर्माचार्यलगायत १६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।


१७ साउन २०८१, बिहीवार १७:३१ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु