वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडलाई सफाइ

काठमाडौँ । वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २०८० चैत २० मा कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा उजुरी समेत दिएकी थिइन् ।

प्रहरी नियन्त्रणमा रहेका गायक ओड चाहिँ अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए ।


३१ असार २०८१, सोमवार १५:२७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु