नारायणी नदी किनारमा भेटियो थप दुई पुरुषको शव
चितवन । नारायणी नदीको किनारमा थप दुई पुरुषको शव भेटिएको छ।
गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी किनारमा फेला परेका शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रुको भएको अनुमान गरिएको छ।
शव भेटिएको स्थान चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालबाट करिब २५ किलोमिटर टाढा छ ।
एउटा शव करिब २५–३० वर्षका र अर्को १८–२० वर्षको पुरुषको रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।
यसअघि आजै भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा अर्को एक शव भेटिएको थियो। उक्त शव भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भइसकेको छ ।
२९ असार २०८१, शनिवार १७:२० बजे प्रकाशित